कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचार गराईरहेका २० जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यि मध्ये १ हजार ४७९ जना पिसिआर र ७६० जनामा एन्टिजेन परिक्षण मार्फत संक्रमण पत्ता लागेको हो । यसअवधिका १ हजार ३ सय १६ जना संक्रमण मुक्त भएका छन् ।
हाल ५३९ जनाको आई.सी.यु र १६६ जनाको सघन उपचार कक्ष भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभरका आइसोलेसनहरुमा २६ हजार भन्दा धेरै सक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार