कास्की प्रशासनले जारी खुकुलो लकडाउनलाई साउनको ५ गतेसम्म थप गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि खुकुलो खालको लकडाउन साउन ५ गतेसम्म थप गर्ने निर्णय बिहिबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले गरेको हो ।
यसअवधिमा अजावस्यक हिडडुल र भीडभाड हुने कार्यक्रमहरुमा प्रतिबन्ध लगाईएको छ । नीजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली यथावत राखिएको छ । तर, अत्यावश्यक बाहेक लामो दुरीको सवारी संचालनमा रोक लगाईएको छ ।
सिनेमाहल, पार्टीप्यालेस, होटल, रेष्टुरेण्ट, क्लव, दोहोरी साँझ, फनपार्क लगायत मानिसहरुको भिडभाड हुने व्यवसाय बाहेक पसल तथा व्यवसायहरु साँझ ८ बजेसम्म खोल्न पाईने छ । पछिल्लो समय बजारमा मानिसहरुको भीडभाड बढेपछि कोरोना भाइरसका संक्रमितहरु थपिदै गएका छन् ।
बजारको अवस्था खुकुलो भएपनि आवश्यक सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरुले अपिल गरेका छन् ।




