कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उपचारमा रहेका १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै १५६५ जना मानिसहरु कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९२६३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार