कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका ३ जना, कास्कीका २ जना, बाग्लुङका १ जना र गोरखाका १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा १७३ जना महिला र १९३ पुरुष गरि ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै २८९ जना मानिसहरु कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा ३१७१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।




