कास्की जिल्लामा भेरोसेल खोपको दोस्रो मात्रा कार्यक्रम आगामी २८ गते सोमबार सञ्चालन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार गत जेठ २७ गते कास्की जिल्लाका विभिन्न वडाहरुका खोप केन्द्रहरुमा कोभिड १९ विरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएकाहरुका लागि सो खोपको दोस्रो मात्रा कार्यक्रम आगामी सोमबार सञ्चालन गरिने भएको हो ।
खोपका लागि आफ्नो नजिकको खोप केन्द्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई जनस्वास्थ्यका मापदण्ड पालना गरि खोप सेवा लिन आग्रह गरिएको प्रमुख आचार्यले जानकारी दिए । सो दिन बिहान १० बजेदेखी ४ बजेसम्म खोप सेवा लिन सकिने कार्यालयले जनाएको छ ।





