कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेको २३ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
२ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २११ जना निको भएका छन् ।




