देशभरका विभिन्न स्थानहरुमा बाढि र पहिरोका कारण ठुलो मात्रामा जनधनको क्षेति भएको छ । अविरल वर्षाका कारण विभिन्न स्थानमा गएका बाढि र पहिरोका कारण कतिपय मानिसहरु हताहति भएका छन् भने सडक तथा पुल लगायतका भौतिक संरचनाहरुमा क्षेति पुगेका समाचारहरुमा जनाईएको छ ।
गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । राति आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण गरिएको थियो । वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।
उता पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।
पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार