कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभरका अस्पतालहरुमा उपचाररत ३४ जना संक्रमतिहरुको उपचारका क्रममा ज्यान गएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा थप २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज ६ हजार ५६६ जनाको पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन परिक्षण गरिएको छ ।




