कोरोना भाइरसको संक्रमण जोखिम रहेको भन्दै आवश्यक सावधानी अपनाउन स्वास्थ्य निर्देशनालय गण्डकीले आग्रह गरेको छ । सामाजिक सञ्जालमा एक सार्वजनिक पोष्ट जारी गर्दै निर्देशनालयले यस्तो आग्रह गरेको हो ।
निर्देशनालयका अनुसार माक्सको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र निरन्तर स्वास्थ्य परिक्षण गर्न आग्रह गरिएको छ । तुलनात्मक रुपमा संक्रमणको दर घटेको भएपनि संक्रमणको जोखिम भने कायम नै रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय लकडाउनलाई परिमार्जन गरि लुजडाउन गएको र कोरोना परिक्षण नगराउनेको संख्या बढ्दै गएकाले थप सचेत हुन समेत उसले आग्रहमा भनेको छ । कोरोना संक्रमितको सम्पर्कमा गए वा कोरोना संक्रमण संग सम्बन्धित लक्षणहरु देखिए स्वास्थ्य परिक्षण गर्न निर्देशनालयले आग्रह गरेको छ ।
हाल गण्डकीमा कोरोना संक्रमणका २ हजार ९८१ सक्रिय केशहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार