पछिल्लो समय विद्युत आपुर्तिमा भैरहेको समस्या बारे हाम्रो परिवर्तन नेपालले विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष डा.ढाकाकुमार श्रेष्ठको नेतृत्वमा पुगेको समुहले केन्द्र प्रमुख ऋषी कुमार वर्मललाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र बुझाउदै अध्यक्ष डा.श्रेष्ठले पटक पटक विद्युत आपुर्तिमा भैरहेको समस्या अघोषित लोडसेडिङ् त होईन भनि केन्द्र प्रमुखलाई सचेत गराए । साथै उनले विद्युत प्राधिकरणका कर्मचारी र ब्याट्री तथा इन्र्भटरको बेचबिखन गर्ने व्यसायीहरु बीच साँठगाँठ त छैन् भनि केन्द्र प्रमुखको ध्यानाकर्षण पनि गराए । पटक–पटकको विद्युत जाने समस्याका कारण विद्युतिय समाग्रीहरुमा क्षेति पुगेको र बालबालिका तथा विद्यार्थीहरुको पठनपाठनमा समस्या परेको उनले उल्लेख गरे ।
तर, केन्द्र प्रमुख वर्मलले भने, प्राविधिक तथा प्राकृतिक समस्याका कारण विद्युत आपुर्तिमा समस्या उत्पन्न भैरहेको स्विकार गरेका छन् । आफुहरु यसको निराकरणमा निरन्तर लागिरहेको र सुचना प्राप्त गर्ने वित्तिकै समस्याको समाधान गर्ने प्रयास गरिएको उनले बताए । तर, शंका गरिए जस्तो अघोषीत लोडसेडिङ् र कर्मचारीहरुको कुनै पनि प्रकृतिका व्यवसायीहरुसंग मिलिमतो भन्ने विषय नरहेको उनले स्पष्ट पारे ।
हाम्रो परिवर्तन नेपालले विद्युत आपुर्तिमा भैरहेको समस्या तत्काल समाधान गरि सामान्यीकरण गर्न अनुरोध गरेको छ । अन्यथा थप कार्यक्रमहरु गर्न आफुहरु बाध्य हुने उसले चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार