कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितहरुको ज्यान गएको हो ।
हाल ६४९ जनाको आई.सी.यु र १८४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
४ हजार ३४८ जना निको भएर घर फर्किएका छन् ।




