सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलिय बैठक सकिएको छ ।
बैठकले लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलहरुकै रहेको निष्कर्ष निकालेको छलफलमा सहभागी शिर्ष नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भने सो बैठकमा सहभागी भएनन् । प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न भन्दै सभामुख सापकोटाले सो बैठक बोलाएका थिए ।




