कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज १० जनाको ज्यान गएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ३ जना, पर्वत र स्याङ्जाका २–२ जना र लमजुङ्, तनहुँ र नवलपुरका १–१ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका हुन् ।
आज गण्डकीमा २४९ महिला र २६९ पुरुष गरि ५१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




