सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मत लिएका हुन् ।
उनको पक्षमा ३० मत प्राप्त भएको छ भने, विपक्षमा ९ मत प्राप्त भएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकिकरण भएपछि माओवादी केन्द्रको तर्फबाट भट्ट मुख्यमन्त्री बनाईएका थिए ।
पछिल्लो पटक सर्वोच्च अदालतले पार्टी एककिरणमा प्रक्रिया नपुगेको भन्दै पार्टीहरुलाई पुरानै अवस्थामा पुर्याई दिएपछि ति पार्टीका नेताहरु बिच बढेको चर्को असन्तुष्टिको परिणाम स्वरुप प्रदेशमा जोडघटाउको खेल चलिरहेको थियो ।
तर, मुख्यमन्त्री भट्टले आज संसदमा विस्वासको मत प्राप्त गरेका छन् ।




