गण्डकी प्रदेशमा हाल कोरोना भाइरसका कुल ८ हजार ४६५ वटा सक्रिय केशहरु रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै गोरखामा १ हजार ५५८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै कास्कीमा १ हजार ४८८, बाग्लुङ्मा १ हजार ३६६, नवलपुरमा १ हजार १८० लगायत प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् । ७ हजार ९ सय १ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् भने बाकीको विभन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
हालसम्म ७७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार