गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ११ हजार बढि पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार हाल गण्डकीमा संक्रिय संक्रमितहरुको संख्या ११ हजार १२७ पुगेको हो । सवैभन्दा धेरै कास्कीमा २ हजार ८७२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
दोस्रो गोरखामा १ हजार ४०७, स्याङ्जामा १ हजार ३५६, नवलपुरमा १ हजार २५२ र बाग्लुङमा १ हजार १८० जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म कास्कीका मात्रै २९१ जनाले ज्यान गुमाईसकेका छन् । पछिल्लो समय दैनिक हजारको हजारको हाराहारीमा नयाँ सक्रमितहरु थपिदै आएका छन् ।
स्थानिय प्रशासनले कोरोना भाइरसको संक्रमण रोकथाम र व्यवस्थापनका लागि भन्दै निषेधाज्ञा समेत जारी राखेको अवस्थामा पनि कोरोना संक्रमणको ग्राफ भने उकालो लागिरहेको छ ।





