हाईफ्लो अक्सिजनको अभावका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जना बिरामीहरुको ज्यान गएको छ ।
प्रतिष्ठानको कोभिड आइसोलेसनमा उपचाररत एक सुत्केरी सहित ६ जनाको अक्सिजनको अभावका कारण ज्यान गएको हो ।
तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १-१ जना गरी ६ जनाको ज्यान गएको हो । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार