गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ५९९ जना पुरुष र ४८० जना महिला गरि १ हजार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ३७० जना, गोरखाका २१८ जना, नवलपुरका ११८ जना, म्याग्दीका ३६ जना, लमजुङका ३६ जना, बाग्लुङका ११ जना, स्याङ्जाका ५० जना, तनहुँका १६६ जना, पर्वतका ५६ जना मुस्ताङका ८ र मनाङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ७३९ पुगेको छ । आज मात्रै गण्डकीमा ७ जनाको मृत्यु भएको छ । आज ९४१ जना निको भएर डिस्चार्ज भएका छन् ।




