कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै स्याङ्जाका ६ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै कास्कीका ३ जना, पर्वतका ४ जना, तनहुँका २ जना, बाग्लुङका ४ जना र मुस्ताङका १ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ५५१ जनाको मृत्यु भएको छ ।




