विपक्षी गठबन्धन वैकल्पिक सरकार गठनको दाबी खारेज र संसद विघटनविरुद्ध आज सर्वोच्च अदालत जाँदैछ । एक सय ४९ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि राष्ट्रपति कहाँ दाबी पेस गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त र संसद् विघटनको निर्णय बदरको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालतमा जान लागेको हो ।
हिजो नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि आज मात्रै रिट पेस गर्न लागिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । विपक्षी गठबन्धनले आइतबार नै बहुमत सांसदको हस्ताक्षर जुटाइसकेको छ ।
पाँच राजनीतिक दलसम्बद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता नै असंवैधानिक रहेको र उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्न नपाउने दाबी अघि सारेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा वैकल्पिक सरकार निर्माणको प्रक्रियालाई अवरोध गराएर प्रतिनिधिसभा विघटन गरिएको गठबन्धनको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार