गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १० हजार बढि पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार हाल गण्डकीमा संक्रिय संक्रमितहरुको संख्या १० हजार ५४ पुगेको हो । सवैभन्दा धेरै कास्कीमा ३ हजार ४५७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

दोस्रो नवलपुरमा १ हजार १५६, स्याङ्जामा १ हजार ११९ र बाग्लुङमा १ हजार ६१ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म कास्कीका मात्रै २४८ जनाले ज्यान गुमाईसकेका छन् । पछिल्लो समय दैनिक हजारको हजारको हाराहारीमा नयाँ सक्रमितहरु थपिदै आएका छन् ।
स्थानिय प्रशासनले कोरोना भाइरसको संक्रमण रोकथाम र व्यवस्थापनका लागि भन्दै निषेधाज्ञा समेत जारी राखेको अवस्थामा पनि कोरोना संक्रमणको ग्राफ भने उकालो लागिरहेको छ ।




