गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा २६६ जना पुरुष र २५७ जना महिला गरि ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ५१ जना, गोरखाका ५५ जना, नवलपुरका १३८ जना, म्याग्दीका १०४ जना, लमजुङका ३२ जना, बाग्लुङका ६ जना, स्याङ्जाका ८० जना, तनहुँका ५६ जना र पर्वतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ५४ पुगेको छ । आज मात्रै गण्डकीमा २१ जनाको मृत्यु भएको छ । सवैभन्दा धेरै कास्कीका १२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
आज २७४ जना निको भएर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार