गण्डकी प्रदेशमा थप १ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ५५४ जना पुरुष र ४९९ जना महिला गरि १ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ३८३ जना, गोरखाका ९८ जना, नवलपुरका ७४ जना, म्याग्दीका १०७ जना, लमजुङका ३६ जना, बाग्लुङका २०४ जना, स्याङ्जाका ३२ जना, तनहुँका ५४ जना र पर्वतका ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ८२६ पुगेको छ । आज मात्रै गण्डकीमा १९ जनाको मृत्यु भएको छ । सवैभन्दा धेरै कास्कीका ९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
आज १ हजार ३९६ जना निको भएर डिस्चार्ज भएका छन् ।




