प्रधानमन्त्रीमा आफुसंग बहुमत रहेको दावी पेश गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित विपक्षी गठबन्धनका शिर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओली समेत पुगेका समाचारहरुमा जनाईएको छ ।
सभापति देउवाले आफुलाई प्रतिनिधि सभाका १४९ जना सांसदहरुको साथ रहेको दावी पेश गर्दैछन् भने प्रधानमन्त्री ओलीले आफ्नो दलको १२१ र जसपाका १६ जना सांसदहरुको साथ रहेको भन्दै दावि प्रस्तुत गरेका हुन् । नेकपा एमालेको संसदिय दलका सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्रीले सो दावी पेश गरेका हुन् ।
तर, एमाले भित्रको माधव कुमार नेपाल समुह भने देउवाको साथमा शितलनिवास पुगेको छ । भने जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समुहले पनि देउवालाई साथ दिएका छन् ।




