कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै स्याङ्जाका ४ जना, तनहुँका १ जना, गोरखाका २ जना, बाग्लुङका २ जना र नवलपुरका ५ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ४७३ जनाको मृत्यु भएको छ ।




