गयराति कपिलवस्तुमा एक स्थानिय नेता माथी गोली प्रहार भएको छ । नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा तीनजनाको समूहले गोली प्रहार गरेको हो ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
पाण्डेको अवस्था मध्यम रहेको उनले बताए । निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार