गण्डकी प्रदेशमा आज थप ६८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ३८० जना पुरुष र ३०८ जना महिला गरि ६८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १७६ जना, गोरखाका १२९ जना, नवलपुरका १२८ जना, म्याग्दीका ६८ जना, लमजुङका ७ जना, बाग्लुङका ७० जना, स्याङ्जाका ९ जना, तनहुँका ५६ जना, पर्वतका २२ जना, मुस्ताङ १० र मनाङका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार २७१ पुगेको छ । आज मात्रै गण्डकीमा ३० जनाको मृत्यु भएको छ । सवैभन्दा धेरै कास्कीका ८ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।




