पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।
पछिल्लो पटक कोरोना भाइरसको दोस्रो लहर सुरु भएदेखी यसको संक्रमण र मृत्युदर दुवैमा वृद्धि भएको छ । हाल १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ ।




