गण्डकी प्रदेशमा आज ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर तथा एण्टिजेन परिक्षणमा ४८० पुरुष र ४७९ जना महिला गरि ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ४१७ जना, बाग्लुङ्का १२३ जना, तनहुँका ११२ जना, स्याङ्जाका ८६ जना, नवलपुरका ७६ जना, पर्वतका ७४ जना, गोरखाका ३५ जना, म्याग्दीका २७ जना, लमजुङका ८ जना र मुस्ताङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसका कुल संक्रमितको संख्या ३० हजार पुगेको छ । आज ४२९ जना निको भएका छन् । १५ जनाको मृत्यु भएको छ । हाल ९ हजार १८० जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार