कोरोना भाइरसका संक्रमितहरुको ग्राफ उकालो लागेपछि कास्की सहितका २० जिल्लामा जारी निषेधाज्ञालाई थप कसिलो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले एक विज्ञप्ती जारी गरि कास्की लगायत काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही, मोरङ, कैलाली, बाँके, दाङ, सुर्खेत, झापा, मकवलानपुर, पाल्पा, कञ्चनपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा र बर्दिया लगायतका जिल्लाहरूमा जारी निषेधाज्ञालाई थप कसिलो बनाउन आग्रह गरेको हो ।
यि जिल्लाहरुमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला रूपमा हिँडिरहेको भेटिएकोले निषेधाज्ञामा कडाइ गर्न आग्रह गरिएको विज्ञप्तीमा जनाईएको छ । निषेधाज्ञामा ५९ प्रतिशत मानिसहरुको आवागमनमा कमि आएको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाई कोरोना भाइरसको संक्रमण दरलाई नियन्त्रण गर्ने कार्यमा योगदान गर्न मन्त्रालयले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार