कोरोना भाइरस संक्रमणका कारण देशभर २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका हुन् ।
पछिल्लो ३ दिन लगातार मृतकको संख्या घटेपनि आज भने पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।
यो संख्या कोरोना भाइरसको उत्पति भएको चिनमा भएको संक्रमितको मृत्यु भन्दा धेरै हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । उनिहरु मध्ये आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जनाको उपचार भैरहेको छ ।
आज मात्रै थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार