कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालउ गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै स्याङ्जाका ५ जना, पर्वतका ३ जना, तनहुँका २ जना, म्याग्दी, गोरखा, लमजुङ, बाग्लुङ र नवलपुरका १–१ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ४०७ जनाको मृत्यु भएको छ ।




