लामो समयदेखी पार्टीमा देखिएको विवाद समाधानका खातिर पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच भएको वार्तामा कार्यदलका सदस्यहरु टुंग्याउने सहमति भएको छ ।
वरिष्ठ नेता नेपालका अनुसार ओलीको तर्फबाट स्थायी कमिटि सदस्य सुवास नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटि सदस्य शंकर पोखरेल र विष्णु रिमाल रहने भएका छन् भने नेपालको तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे र रघुजि पन्त रहने भएका छन् ।
विवाद समाधानका लागि दुवै तर्फका पाँच पाँच जना गरि १० सदस्यिय कार्यदल बनाईएको नेता नेपालले जानकारी दिए । कार्यदललाई ३ तिन भित्र प्रतिवेदन बुझाउन समयसिमा दिने भनिएपनि प्रधानमन्त्रीले केही दिन थप्पु पर्ने बताएको नेता नेपालले बताए ।
वार्ता पश्चात प्रधानमन्त्री ओलीले वार्ता सकारात्मक भएको बताएका छन् ।




