कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारी विरुद्ध जुध्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार हाल महामारी नियन्त्रणका लागि तीन क्षेत्रमा समस्या देखिएको छ । देशको समस्या स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउन जरुरी रहेको उनले बताए । अहिलेको हाम्रो व्यवस्थामा स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पतालहरु छन् । ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न केही कानून प्रबन्ध चाहिएको उनले उल्लेख गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन, खोप लगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम थाल्न निर्देशन दिएका छन् ।




