गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा आज ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा म्याग्दीका २३० सहित ७७० जनामा कोरोना पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा १६८, नवलपुरमा १४७, बाग्लुङमा ७९, तनहुँमा ५८, गोरखामा ४९, स्याङ्जामा २१ र पर्वतका १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरसका संक्रमितहरुको कुल संख्या २७ हजार ४०५ पुगेको छ ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या७ हजार ७१५ रहेको छ । ति मध्ये ७ हजार ६०२ जना होम आईसोलेसनमा रहेका छन् । आजै ३०० जना निको भएका छन्, भने १४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार