गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ६ सहित १४ जना संक्रमितहरुको मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण म्याग्दीका १ जना, तनहुँका १ जना, पर्वतका ३ जना, स्याँग्जाका २ जना र गोरखाका १ जनाको कोरोना भाइरसको संक्रमणका कारण विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५५ पुगेको छ ।




