गण्डकी प्रदेशमा ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका ३२० जना सहित ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ३२० जना, नवलपुरका ५३ जना, गोरखामा ५२ जना, पर्वतका ५२ जना, बाग्लुङ्का ४९ जना, म्याग्दीका ३९ जना, स्याङ्जाका ३० जना, तनहुँका २७ जना, लमजुङ्का १० जना र मुस्ताङ्का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक गण्डकी प्रदेशमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । हालसम्म २४५ जनाको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार