कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का ६३ वर्षीय एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।
यस्तै पवर्तकै कुश्मा नगरपालिका–९ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, तनहुँको व्यास नगरपालिका–१ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र पोखरा महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार