सत्ताको खेल चलिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले मन्त्रीपरिषद विस्तार गरेका छन् ।
प्रदेशसभामा मुख्यमन्त्रीका विरुद्ध पेश गरिएको अविस्वासको प्रस्तावमाथी छलफल चलिरहेका बेला बुधबार दिनभर वेपत्ता भएका प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) लाई मुख्यमन्त्री गुरुङ्ले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री मनाङ्गेले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले आजै सपथ ग्रहण गराएका हुन् । मनाङ्गे मनाङ्बाट विजयी स्वतन्त्र सांसद हुन् ।
उनलाई सरकारमा सहभागी गराए पनि मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्ने देखिएको छैन् । जनमोर्चाका एक जना सांसद हिजो सम्पर्क विहिन भएपछि मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव माथीको मतदान रोकिएको थियो ।




