राष्ट्रिय जनमोर्चाका प्रदेहसभा सदस्य खिमविक्रम शाही अचानक बिरामी भई पोखराको चरम मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएको उनका स्वकिय सचिव मिलन हमालले जनाकारी दिएका छन् ।
सामाजिक संजालमा पोष्ट गर्दै उनले लेखेका छन्, “गण्डकी प्रदेशका मा.खिम बिक्रम शाही आज अचानक १२ बजे देखि बिरामी भई उपचार भैरहेको, र उपचारको शिलशिलामा आफ्नै भाई जुन विक्रम शाहीसंगै रहेको जानकारी गराउँदछु । उहाको मोवाईल अफ छ, म सबै सुभचिन्तकलाई नआत्तिन अनुरोध गर्दछु ।”
प्रदेशसभामा नेकपा एमाले नेतृत्वको सरकारका विरुद्ध अविस्वासको प्रस्ताव माथी छलफल चलिरहेका बेला अनुपस्थित रहेको शाहीको खोजि सुरु भएको हो । शाहीको अवस्था सार्वजनिक गर्न र उनको जिवन रक्षाको माग गर्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार