गण्डकी प्रदेशमा आज ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका १७३ सहित प्रदेशका विभिन्न जिल्ला समेत गरि ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा १७३ जना, गोरखामा ४६ जना, स्याङ्जामा ४१ जना, बाग्लुङ्मा १७ जना, म्याग्दीमा ११ जना, नवलपुरमा ७ जना, तनहुँमा ७ जना, पर्वतमा ५ र मुस्ताङ्मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज २६ जना मात्र निको भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २८९ पुगेको छ । ति मध्ये १ हजार ३२ जना होम आइसोलेसनमा रहेका छन् । दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार