राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य पियारी थापाले निरंकुस, तानासाही र अराजक मित्रशक्तिलाई काँध थाम्न नसकिने स्पष्ट पारेकी छिन् । प्रदेशसभाको विशेष अधिवेसनमा पेश गरिएको मुख्यमन्त्री विरुद्धको अविस्वास प्रस्तावमाथीको छलफलमा सहभागी हुदै उनले यस्तो बताएकी हुन् ।
थापाले मित्रशक्तिको यस प्रकारका गतिविधिका कारण प्रतिगमनलाई प्रोत्साहन भैरहेको भन्दै आफुहरु त्यसको मतियार बन्न नसक्ने ठोकुवा गरिन् । आफुहरु वाम सरकारको पक्षमा रहेको भन्दै पटक पटक सच्चिन आग्रह गर्दा पनि वेवास्ता गरेका मुख्यमन्त्री र उनको सरकारलाई समर्थन गर्न नसकिने उनले स्पष्ट पारिन् ।
सिंहदरबारमा सल्किएको भुसको आगो गण्डकी प्रदेशमा आईपुगेको उल्लेख गर्दै उनले प्रतिगमनका मतियारहरुलाई कुनै हालतमा स्विकार गर्न नसकिने र प्रस्तावको पक्षमा मतदान गर्ने उनले जनाईन् ।




