नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य आशा कोईरालाले प्रतिगनलाई स्विकार गर्ने सरकारलाई सर्मथन गर्न नसकिने निष्कर्षका साथ अविस्वास प्रस्तावसम्म पुग्नु परेको बताईन् ।
मुलुकलाई असंवैधानिक बाटो तर्फ मोड्ने हर्कतका विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन आफुहरु बाध्य भएको कोईरालाले बताईन् । संसदिय व्यवस्थामा विश्वास र अविस्वास भन्ने कुरालाई स्वाभाविक प्रक्रियामा रुपमा लिनुपर्ने प्रदेशसभा सदस्य कोईरालाले उल्लेख गरिन् ।
मुलुकले प्राप्त गरेका महत्वपुर्ण उपलब्धिहरु गुम्ने खालका राजनीतिक गतिविधिहरु सत्ता पक्षले अख्तियार गरेपछि अविश्वासको प्रस्ताव राख्नु परेको खनालले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार