गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको निरन्तरता वा बर्हिगमन भन्ने विषयको टुंगो प्रदेशसभाले आज लगाउने छ । यसअघि नै टेबल भैसकेको अविस्वासको प्रस्ताव माथी छलफल गरि मतदान गरिने भएको हो ।
सोही प्रस्ताव माथी छलफलका लागि बोलाईएको हिजोको बैठक भने सत्तापक्षको अवरोधका कारण स्थगित भएको थियो । कोरोना परिक्षणको माग गर्दै नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले हिजोको बैठक अवरुद्ध गरेका थिए ।
एमालेका २ सहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएपनि सदन जारी रहने सचिवालयले जनाएको छ । उनिहरुले सदनमा बोल्न नपाउने तर, मतदान प्रक्रियामा भने सहभागी हुने गरि व्यवस्था गरिएको जनाईएको छ ।
मुख्यमन्त्री गुरुङ विरुद्धको अविस्वासको प्रस्तावमा नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्र र जसपाका सांसदहरुले हस्ताक्षर नै गरेका छन् भने राष्ट्रिय जनमोर्चाले त्यसको पक्षमा मतदान गर्ने विश्वास गरिएको छ । गणितिय हिषावले मुख्यमन्त्री गुरुङ अल्पमतमा देखिएका छन् ।
फ्लोर क्रम हुने सम्भावनालाई मध्यनजर गर्दै प्रस्तावको पक्षमा रहेका सांसदहरुलाई पोखराका दुई होटलहरुमा एक साथ राखिएको बुझिएको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाईएको छ ।
सो बैठकमा दुवै पक्ष आ(आफ्नो रणनीतिका साथ उपस्थित हुने तयारीमा रहेका बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार