पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जनाको मृत शरिर फेला परेको छ । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । उनिहरु बुलौदी नजिकैको जंगलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेका हुन् ।
पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ । उनि उक्त होटलमा विगत तिनदिन देखी बसिरहेका थिए । उनिसंगै रहेकि ति युवतिलाई भट्टराईले पारिवारि सम्बन्धले चिनाएका छन् । युवति झापाकी रहेको बताईएको छ ।
होटलले उपलब्ध गराएको सिसि टिभी फुटेजमा पहेलो ज्याकेट लगाएका किरण संगै कुर्था माथी कालो पातलो खालको ज्याकेट लगाएकी ति युवति हसिलो मुद्रामा बाहिर निस्किएको देख्न सकिन्छ । होटल संचालकका अनुसार उनिहरु १० मिनेटमा फर्कन्छु भनेर निस्किएका थिए । तर, उनिहरु रातभर फर्किएनन् र बिहान कल्छेको रुखमा झुण्डीएको अवस्थामा फेला परे ।
सेतो कपडाको पासोमा झुण्डिएका उनिहरुको मृत्युको कारणका बारेमा आफुहरुले अनुसन्धान गरिरहेको कास्की प्रहरीले बताएको छ । अनुसन्धान पश्चात मात्र आत्महत्या वा हत्या के हो, भनेर भन्न सकिने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार