पोखरा महानगरपालिकामा आज ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ४८ जना र लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लिमा गरिएको नमुना परिक्षणमा ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमतिकहरु पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।




