कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको मेडिप्लस अस्पतालमा उपचार गराईरहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का ८३ वर्षीय एक पुरुष र गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ५ की ६७ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार