प्रदेशसभा सदस्यहरुको पिसिआर परिक्षणको माग गर्दै नेकपा एमालले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
प्रदेशसभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेश सभा सदस्य राजिव पहारीले प्रदेशसभाको साँघुरो हलमा एकैठाँउमा थुप्रिएर सभासंचालन गर्दा स्वास्थ्य जोखिममा परेको भन्दै पिसिआर परिक्षण गर्नुपर्ने माग गरे ।
कोरोना भाईरसको संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेशको बुदाँ समेत उल्लेख गर्दै उनले यस्तो माग गरेका हुन् । उनले प्रदेशसभा सदस्यहरुका लागि कोरोना खोप र पिसिआर परिक्षण नगरी सभा सचांलन नगर्न आग्रह समेत गरे ।
अधिकांस प्रदेससभाका सदस्यहरु दिर्घरोगी भएका कारण यसतर्फ अझै सचेत हुन उनले आग्रह गरे । प्रदेशसभा सदस्यहरुको पिसिआर परिक्षण विना प्रदेशसभाको बैठक अगाडी नबढ्ने उनले चेतावनी पनि दिए ।




