नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारका विरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
पृथ्वीसुब्बा गुरुङ् नेतृत्वको सरकारले जनताको अपेक्षा विपरित प्रतिगमनलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै अविश्वासको प्रस्ताव पेश गरिएको प्रस्तावित मुख्यमन्त्री नेपाली कांग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।
अविस्वासको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले हस्ताक्षर गरेका छन् भने, राष्ट्रिय जनमोर्चाका सांसदहरुले पक्षमा मतदान गर्ने विश्वास गरिएको छ ।




