गण्डकी प्रदेशमा आज १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका ६९ सहित प्रदेशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विवरण अनुसार कास्कीमा ६९ जना, नवलपुरमा १२ जना, तनहुँ, पर्वत र म्याग्दीमा ५–५, स्याङ्जामा ३ र लमजुङ्का २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
विवरण अनुसार हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या ९३७ रहेको छ । उनिहरु मध्ये ८८३ जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म कुल संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ । यसैबिच कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज ४ जनाको मृत्यु भएको छ ।
https://googlepokhara.com/covid-death-gandaki-6/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार